Samayojan khabar

Advertisment

SKIP THIS

काठमाण्डौबाट विप्लव समूहका केन्द्रीय सदस्यसहित ३ नेता पक्राउ

काठमाण्डौबाट विप्लव समूहका केन्द्रीय सदस्यसहित ३ नेता पक्राउ




समायोजन खबर काठमाण्डौ,
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ३ नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरु मैतिदेवीबाट पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा मकर गुरुङ, डम्बरबहादुर विक र उमा गुरुङ छन् । उनीहरु मध्ये डम्बरबहादुर केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

विक सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइन्छ । मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य हुन् । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्कीलाई रिहा गरेको थियो ।
२०७६ साउन २१ गते साँझ ५ :२५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology