Samayojan khabar

Advertisment

SKIP THIS

चितवनमा पत्रकार शालिकराम पुडासैनी मृत भेटिए

चितवनमा पत्रकार शालिकराम पुडासैनी मृत भेटिए




समायोजन खबर चितवन,
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन । नारायणगढको पोखरा बसपार्क स्थित होटल कङ्गारुमा पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन । उनले पंखाको अंकुसमा पासो लगाएका थिए । सोमबार दिउँसो चितवन आएका पुडासैनी साझ खाना खान बोलाउन जादा नउठेपछी होटेलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।


प्रहरीले ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले घटस्थलमा मुचुल्का उठाएर अनुसन्धान थालेको जनाएको छ । पुडासैनी सोमबार साढे तिन बजे होटल पुगेका थिए । त्यसपछी उनी दुई पटक होटलबाट बाहिर गएर आएको होटलका कर्मचारीले बताए । नुवाकोट कुमारी घर भएका पुडासैनी काठमाडौंमा रहेर माउण्टेन टिभीमा काम गर्दै आएका थिए ।
२०७६ साउन २१ गते बिहान ९ :४५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology