कृषिमा आत्मनिर्भर बन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका

चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कृषिबाट आत्मनिर्भर बन्न विभिन्न प्रजातीका पकेट क्षेत्र निर्धारण गरेर किसानलाई फलफुल र तरकारीका विरुवा वितरण गरिरहेका छन् । गाउँपालिकाको विभिन्न भूगोलका आधारमा पकेट क्षेत्र निर्धारण गरेर कृषक र कृषि समुहहरुलाई विरुवा वितरण गरिरहेका हुन् । पकेट क्षेत्रसँगै गाउँपालिकाले ‘एक घर, एक फलफुल विरुवा’ नीति पनि अगाडी बढाएको छ ।

सात वडा रहेको गाउँपालिकाले सुन्तला, तरकारी, लिचि पकेट क्षेत्र निर्धारण गरेर कृषि समुहको २० प्रतिशत र गाउँपालिकाको ८० प्रतिशत लगानीमा सुन्तला, तरकारी र लिचिका विरुवा कृषि समुह तथा कृषकहरुलाई वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा पालिकावासीलाई आत्मनिर्भर बनाउन याम्खाको रातमाटा, छोरम्बुको सापातेल, बतासेको भण्डारेघाट, टुवाखोला, वारेम्तुङ, सप्तेश्वर छितापोखरीको कात्तिके, मान्दाता, पूवारगाउँ लिचि पकेट क्षेत्र निर्धारण गरेर विरुवा वितरण गरिएको जनाइएको छ ।


याम्खाकै रिखुवा, याम्खा नेवार टोल, छोरम्बुको रोभलुङलाई सुन्तला पकेट क्षेत्र र तीन कृषि समुहको एक तरकारी पकेट क्षेत्र अन्तरगत डाँडागाउँको नाली, याम्खाको बारलाङ तथा खामडाँडालाई तरकारी पकेट क्षेत्र निर्धारण गरेर फलफुलका विरुवा तथा तरकारीका विउ, विजन वितरण गरिएको गाउँपालिकाका कृषि संयोजक लक्ष्मी प्रसाद रेग्मीले बताए । ‘एक घर, एक फलफुल विरुवा’ नीति अन्तरगत गाउँपालिकाको तल्लो बेंशी क्षेत्रलाई आप, लिचि, कागती, सुन्तलाका विरुवा वितरण गरिए पनि वडा नं.६,५,१,७ वडाको माथिल्लो लेक साइडका कृषकलाई किवि, स्याउ र जापनिज नासपातिका विरुवा वितरण गर्न बाँकी रहेको कृषि संयोजक रेग्मीले बताए ।

 

यस्तै, गाउँपालिकाले व्यावसायिक बाख्रा फर्मका लागि सुनभागा कृषि तथा पशुफर्म डाडाँगाउँ र याम्खाको पराजुली कृषि तथा पशु फर्मलाई पाँच/पाँच लाख अनुदान र फर्म धनीको पाँच/पाँच लाखगरी बोयर जातको बोका पालन तथा उत्पादन भइरहेको छ । कृषिलाई प्राथमिकतामा राखेर गाउँपालिकाले लगभग १४ हजार बोट फलफुलका विरुवा वितरण गरेका हुन् । गाउँपालिकाले तरकारी खेतीमा नौ लाख २६ हजार, सुन्तला खेतीमा सात लाख ८ हजार र लिचि खेतीमा पाँच लाख ९२ हजार लगानी गरेका हुन् । कृषकहरुलाई आधुनिक खेती र नगदेबालीतर्फ प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो अभियान थालनी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । धान, मकैले मात्र गरिवीलई छोड्दैन । उनले भने, ‘संमृद्ध गाउँपालिका बनाउन नागरिक धनि हुनुपर्छ । सडक र गाड़ी पुगेर मात्र हुदैन, बस चड्ने पैसा नागरिकसँग हुनुपर्छ ।’
२०७६ साउन २० गते साँझ ६ :०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...