Samayojan khabar

Advertisment

SKIP THIS

तीन दिन देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

तीन दिन देशभर वर्षा, सतर्कता अपनाउन आग्रह




समायोजन खबर काठमाडौं,
आगामी तीन दिन देशभर वर्षा हुने मौसमविदहरूले प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।


महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ । महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

साउन २१ गते मंगलबार दिउँसोको समयमा सामान्यदेखि पूर्ण बदली रहे पनि रातको समयम धेरै स्थानमा वर्षा हुने बताइएको छ । मौसमविदका अनुसार मध्य र पश्चिमी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुनसक्छ । त्यस्तै, २२ गते बुधबार पनि पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
सतर्कता अपनाउन अपिल
आगामी ३ दिन पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ । भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
२०७६ साउन २० गते बिहान ९ :३७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology