Samayojan khabar

Advertisment

SKIP THIS

करेण्ट लागेर गम्भीर घाईते बनेका तामाङलाई ५३ हजार सहयोग

करेण्ट लागेर गम्भीर घाईते बनेका तामाङलाई ५३ हजार सहयोग




चिसाङ शेर्पा खोटाङ,
विजुलीको मिटरबक्स जोड्ने क्रममा एक्कासी करेण्ट लागेर गम्भीर घाईते भएका धन बहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २३ वर्षीय तामाङलाई सोही गाउँपालिकाका अग्रज युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।


गत शुक्रबार सप्तेश्वरमा एक स्थानीयको घरमा मिटरबक्स जोड्ने क्रममा पोलमै करेण्ट लागेर जमिनमा पछारिएका तामाङलाई १२ जना अग्रज युवाहरुबाट संकलित ५३ हजार ३ सय २० रुपैयाँ सहयोग प्रदान गरिएको हो । सहयोग रकम शनिबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले शिक्षण अस्पताल काठमाण्डौमा उपचाररत तामाङका सहयोगी मिलन सुनुवारलाई हस्तान्तरण गरेका छन् । उपचाररत तामाङको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

करेण्ट लागेर अचेत बनेका तामाङलाई सोही दिन बाक्सिला बजारवासीले संकलन गरेको ३१ हजारबढी रकम तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारगरी शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाइएको थियो । तामाङ गाउँमा विधुतको मिटरबक्स जोड्ने तथा विग्रिएका ठाउँमा मर्मतको काम गर्दै आएका थिए । उनी विधुत प्राधिकरणको कर्मचारी भने नरहेको प्राधिकरणले जनाएको छ ।
२०७६ साउन १९ गते बिहान ११ :१४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology