Samayojan khabar

Advertisment

SKIP THIS

धनकुटामा राहदानी वितरणबाट १ करोडभन्दा बढी राजस्व संकलन

धनकुटामा राहदानी वितरणबाट १ करोडभन्दा बढी राजस्व संकलन




समायोजन खबर धनकुटा,
जिल्ला प्रशासन कार्यालय धनकुटाले गएको आर्थिक वर्षमा राहदानी वितरण बापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ । गएको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दुई हजार ९६ जनाले राहदानी लिनको लागि निवेदन पेस गरेका थिए । त्यसमध्ये गएको आर्थिक वर्षमा दुई हजार ८४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी सुधिर साफीले बताए ।


त्यसैगरी राहदानी लिनको लागि निवेदन पेस गर्नेमा ६ सय ७ जना महिला र एक हजार ४ सय ८९ जना पुरुष रहेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत राहदानी लिँदा ढिलो हुने भएपछि चाँडो राहदानीका लागि कार्यालयले ९ सय ८० जनाको निवेदन काठमाण्डौ सिफारिस गरेको थियो । कार्यालयले सिफारिस गरेकामध्ये चार सय ४० जना महिला र पाँच सय ४० जना पुरुष रहेको सूचना अधिकारी साफीले जानकारी दिए ।

कार्यालयबाट वितरण गरिएको राहदानी लिनेहरुमा पाँच सय ८७ जना महिला र एक हजार ४ सय ९७ जना पुरुष गरी दुई हजार ८४ जना मात्र रहेका छन् । बाँकी रहेका राहदानी कार्यालयमा आइसकेको भए पनि गएको आर्थिक वर्षभित्रमा लिन आएका छैनन् । बितेका वर्षहरुको तुलनामा गएको वर्ष महिलाहरुले राहदानी लिने क्रम बढेर गएको छ । वैदेशिक रोजगारीमा जानको लागि महिलाहरु बढी मात्रामा राहदानी बनाउन आउने गरेको सूचना अधिकारी साफीले बताए ।
२०७६ साउन १८ गते साँझ ६ :५१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology