Samayojan khabar

Advertisment

SKIP THIS

वाँसबोेटे माविलाई निःशुल्क जग्गा

वाँसबोेटे माविलाई निःशुल्क जग्गा




चिसाङ शेर्पा खोटाङ,
खोटाङको लफ्याङमा अवस्थित वाँसबोटे माध्यमिक विद्धालयलाई सोही स्थानका एक व्यक्तिले निःशुल्क जग्गा दान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा रहेको माविलाई भिष्म कुमार घिमिरेले १ रोपनी ४ आना १ पैसा १ दाम जग्गा दान गरेका हुन् ।


२०२९ सालबाट वसाईसरी सुनसरीमा वसोवास गर्दै आउनुभएका जग्गादाता घिमिरेले शुक्रबार जिल्ला मालपोत कार्यालयमा आएर विद्धालयको नाममा जग्गा पास गरिदिएको विद्धालय व्यवस्थापन समिति वाँसबोटेले जनाएको छ । पिता पूर्खाहरुले शिक्षा क्षेत्रमा धेरै दुःख गरेका र लगानी गरेकाले शिक्षामै केही दान गरौं भन्ने मनासयले नगद दान भन्दा भूमि दान गरिएकोे जग्गादाता घिमिरेले बताए । लफ्याङमा शिक्षा क्षेत्रमा राम्रो काम भइरहेको र सधैभरी यस्तै सुन्न पाइयोस भन्ने अपेक्षा राखेको उनले बताए । ‘भावि दिनमा अझै केही गर्ने लक्ष्य रहेको छ ।’ उनले भने ।

३८ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा रहेको विद्धालयको यो सहित ३९ रोपनी ११ आना ३ पैसा जग्गा रहेको छ । प्राप्त भएको जग्गा तथा विधालयको भौतिक संरचना नभएको जग्गा विभिन्न किसिमका अभ्यास शिक्षण, जीवनउपयोगी शिक्षा र कृषि अध्ययनका लागि प्रयोग गरिने विद्धालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले बताए । वाँसवोटेले सिभिल ईन्जिनियर कक्षा सञ्चालन गर्ने प्रयास गरिहरेका छन् । वडा शिक्षा समितिको पहलमा दुई वर्षअघिबाट शिक्षा सुधारका लागि शैक्षिक क्यालेण्डर लागू गरे अध्ययन, अध्यापन भईरहेको लफ्याङमा सो मावि सहित एक आधारभूत र तीन प्राथमिक विद्धालय छ ।
२०७६ साउन १७ गते साँझ ५ :२२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology