Samayojan khabar

Advertisment

SKIP THIS

तीन दिनसम्म चट्याङसहित पानी पर्ने

तीन दिनसम्म चट्याङसहित पानी पर्ने




समायोजन खबर काठमाडौं,
आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ ।

त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ । शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति भने पश्चिमी पहाडि भू(भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् । आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू(भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।
२०७६ साउन १७ गते बिहान ९ :०७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology