समायोजन खबर खोटाङ,
अगेनामा परी दुवै हात र निधारमा पोल्दा गम्भीर घाईते भएका खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका ५ महिने शिशु प्रविन राईको सहयोगार्थ हाल अमेरिकामा रहेका कराते प्रशिक्षक पर्खि खालिङ राईले आर्थिक सहयोग गरेका छन् ।
आगोले पोल्दा गम्भीर घाईते भएपछि हाल कान्ती बाल अस्पतालमा पु-याइएका घाईते शिशुलाई इन्टरनेशनल मार्सल आर्टस् एसोसिएसन न्यूयोर्कका सञ्चालक एबं यूएसए कराते फेडेरेसनका प्रशिक्षक रहेका खालिङले २५ हजार सहयोग गरेका हुन् । सोलुखुम्बूको दुधकोसी गाउँपालिका–२ मापे/राप्चु घर भइ हाल अमेरिकामा खेलकुदका क्षेत्रमा क्रियासिल खालिङले किरात राई यायोक्खा खोटाङमार्फत घाईते शिशुको नाममा सहयोग रकम पठाएका हुन् । घाईते शिशुलाई तरुण दलको पहलमा साउन १२ गते काठ्माण्डौं पठाइएपछि यायोक्खाका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् ।
घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भइसकेकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । घाईते शिशुको सहयोगार्थ तरुण दलले पनि सहयोग समिति गठन गरेर खाता खोलेर सहयोग संकलन गरिरहेको छ । बच्चाको सबै औंला गुमेको वताइएको छ ।
यसैविच, उधोग वाणिज्य संघ केपिलासगढी शाखाले ३८ हजार ६ सय संकलन गरेको छ । बुधबार र बिहीबार सो रकम संकलन गरिएको संघका अध्यक्ष शिव कुमार राईले बताए ।
२०७६ साउन १६ गते मध्यान्ह १ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology