Samayojan khabar

Advertisment

SKIP THIS

हराएका बालक सकुशल भेटियो

हराएका बालक सकुशल भेटियो




समायोजन खबर खोटाङ,
सुतेकै ठाउँबाट वेपत्ता भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ११ वर्षीय बालक योगेश राई ३१ घण्टापछि सकुशल भेटिएका छन् । सोमबार राती सुतेकै ठाउँबाट वेपत्ता भएका योगेश बुधबार बिहान ७ बजे घर नजिकै करेला र फर्सी घारीमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।


घर वरपरका जंगल, छरछिमेक तथा आफन्तकोमा खोजी गर्दा नभेटिएका बालक घरै नजिक फेला परेको स्थानीय सुरेश राईले बताए । यसअघि खार्पामा रहेका फुपुको घरमा बसेकाबेला पनि सुतेकै ठाउँबाट तीन दिन बेपत्ता भएका उनी पुःन हराएका थिए । चार वर्षअघि बावु उदय राईले आत्महत्या गरेको र त्यसको वर्ष दिनपछि आमा पनि भाईलाई लिएर मावली लिच्कीराम्चे गएपछि उनी वडाबाको घरमा बस्दै आएका थिए । बाबुआमाको मायाँ ममताको अभावमा परेको मानसिक अशरका कारण योगेश रातको समयमा हिँड्ने गरेको अनुमान गरिएको छ । भेटिएका बालकले आफन्तले बोलाएको नसुनेको र रातका समयमा हिँड्नुको कारण नखुलाएको राईले बताए ।
२०७६ साउन १५ गते मध्यान्ह १ :२७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology