Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा पारिस्थितिकीय प्रणालीमा आधारित अनूकुलन वारे कार्यक्रम

दिक्तेलमा पारिस्थितिकीय प्रणालीमा आधारित अनूकुलन वारे कार्यक्रम




समायोजन खबर खोटाङ,
खोटाङमा पारिस्थितिकीय प्रणालीमा आधारित अनूकुलन सिकाई अनुभव आदान–प्रदान सम्वन्धी कार्यक्रम गरिएको छ । उच्च पर्वतीय परिस्थिकीय प्रणालीमा आधारित कार्यक्रमको वारेमा जानकारी दिँदै पारिस्थितिकीय प्रणालीमा आधारित अनूकुलन सिकाई अनुभव आदान–प्रदानका लागि अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसिएन)ले कार्यक्रम आयोजना गरेको हो ।


जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार आयोजित कार्यक्रमका सहभागी विज्ञले अनूकुलनका उपायका मात्र नभएर सिंगो पारिस्थितिकीय प्रणालीको संरक्षणका विषयमा चर्चा गरेका छन् । कार्यक्रममा आइयूसिएनकी अनु अधिकारीले कास्कीको पञ्चासेमा सञ्चालन गरिएको पारिस्थितिकीय प्रणालीमा आधारित कार्यक्रमको अनुभव, साझा बुझाइ, फाईदा लगायतका विषयमा जानकारी दिएकी छन् ।

 

जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग सम्बन्धित जोखिमबाट संकटापन्न अवस्थामा रहेका समुदायलाई सुरक्षित गर्न पारिस्थितिकीय प्रणालीलाई एक उत्प्रेरकको रुपमा अपनाउनुका साथै यसको भूमीका निर्धारणका लागि कास्की, पर्वत र स्याङ्जामा पारिस्थितिकीय प्रणालीमा आधारित अनूकुलन कार्यक्रम सञ्चालन गरिएको थियो । जर्मन सरकारको आर्थिक सहयोगमा सो कार्यक्रम २०६९ सालदेखि २०७४ सालसम्म सञ्चालन भएको थियो । यद्यपी, सो कार्यक्रमलाई अन्य जिल्लामा समेत विस्तारको प्रयास थालिएको आइयूसिएनकी अधिकारीले जानकारी दिएकी छन् ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, डिभिजन वन कार्यालयका प्रमुख अम्बीकाप्रसाद पौडेल लगायतले पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिएका छन् । कार्यक्रम जिल्ला समन्वय समितिकी उपप्रमुख गोमादेवी खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।
२०७६ साउन १४ गते राती ८ :३७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology