मनोज–झपेन्द्र स्मृति दिवस : दिक्तेलमा खुला व्याटमिन्टन तथा चेस प्रतियोगीता

मनोज–झपेन्द्र स्मृति दिवस : दिक्तेलमा खुला व्याटमिन्टन तथा चेस प्रतियोगीता

समायोजन खबर खोटाङ,
शहीद मनोज जोशी–झपेन्द्र कार्कीको २८ औं स्मृति दिवसको अवशरमा खोटाङमा खुला व्याटमिन्टन तथा चेस प्रतियोगीता आयोजना गरिएको छ । कर्मचारीको आन्दोलन दमनकाक्रममा प्रहरीको गोली लागेर २८ वर्षअघि ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकाक्रममा भएको आगजनीमा ज्यान गुमाएका कार्कीको स्मृतिमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले खुला व्याटमिन्टन तथा चेस प्रतियोगीता आयोजना गरेको हो ।


दिक्तेलमा मंगलबार सम्पन्न व्याटमिन्टन प्रतियोगीतामा भेट्रानतर्फ रतन्छाका हरिकुमार राई र प्रकाश राई प्रथम, दिक्तेलका सुमन श्रेष्ठ र विजयश्वर श्रेष्ठ दोश्रा तथा रतन्छाका दिपेन्द्र राई र सञ्जिव राई तेश्रो भएका छन् । यस्तै, पुरुष एकलतर्फ दिक्तेलका एलिस दंगाल प्रथम, मिलन बस्नेत दोश्रो र जालपाका विजय राई तेश्रो भएका छन् । महिला एकलतर्फ दिक्तेलकी रेनुका राई प्रथम, कल्पना राई दोश्रो र जालपाकी जुनकला राई तेश्रो भएको व्याटमिन्टन प्रतियोगीताका संयोजक मिलनचन्द्र राईले बताए । गत आईतबार सरस्वती आधारभुत विद्यालयको प्रांगणमा सुरु व्याटमिन्टन प्रतियोगीताको भेट्रानतर्फ १२ टिम, एकल पुरुषतपर्फ २४ र एकल महिलातर्फ ८ टिमले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै, चेस प्रतियोगीतामा मिनकुमार दाहाल प्रथम, सुर्य तामाङ दोश्रो र कल्पना राई तेश्रो भएका छन् । दिवसको अवशरमा आयोजित व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगीताका विजेतालाई स्मृति दिवसको दिन बुधबार पुरस्कार प्रदान गरिने मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।  जिल्लामा शहिद मनोज मार्ग सरसफाई, बिरामीलाई फलफुल वितरण, प्रतियोगीतात्मक लगायतका कार्यक्रम गर्दै साउन ५ गतेदेखि मनोज–झपेन्द्र स्मृति दिवस मनाउन सुरु गरिएको हो । जोशीको समाधिस्थलस्थित शालिकमा माल्यार्पण, श्रद्धाञ्जलीसभा एबं पुरस्कार वितरण गर्दै दिवस समापन गर्ने कार्यक्रम छ ।

२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकैक्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा हरेक वर्ष ‘मनोज–झपेन्द्र’ स्मृति दिवस मनाउने गरिएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।
२०७६ साउन १४ गते राती ८ : २९ मा प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology