Samayojan khabar

Advertisment

SKIP THIS

आगोले पोल्दा घाईते भएका पाँच महिने शिशुलाई बैंकका कर्मचारीको सहयोग

आगोले पोल्दा घाईते भएका पाँच महिने शिशुलाई बैंकका कर्मचारीको सहयोग




समायोजन खबर खोटाङ,
खोटाङको सालपा बिकास बैंकका कर्मचारीले अगेनामा परेर शख्त घाईते भएका पाँच महिने शिशुलाई आर्थिक सहयोग गरेको छ । दुई हात र निधारमा आगोले पोलेर शख्त घाईते भएपछि कान्ती बाल अस्पतालमा पु-याइएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका शिशु प्रवीण राईलाई सालपा बिकास बैंकका ४५ कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । सालपा बिकास बैंकको कार्यालयमा मंगलबार साँझ बैंकका विभागीय प्रमुख दिपकर राईले किरात राई यायोक्खाकी सह–सचिव एबं आर्थिक संयोजक सिता राईलाई २७ हजार ५२० रुपैयाँ रकम हस्तान्तरण गरेका छन् ।

आगोले दुवै हात र निधार पोलेको भाई देखाउदै प्रविनका दिदी । तस्विर चिसाङ शेर्पा

निम्न आर्थिक अवस्था भएका कारण उपचारबाट बञ्चित हुने अवस्थाका शिशुको उपचारका लागि यायोक्खाका अध्यक्ष हात्तीराम राई संयोजकत्वको आर्थिक संकलन समितिको आग्रहमा बैंकका कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर हुँदा घाईते शिशुलाई तीन दिनसम्म जिल्ला अस्पतालमा राखिएको जानकारी भए अनुशार कर्मचारीबाट सहयोग संकलन गरेर प्रदान गरिएको सालपा बिकास बैंकका विभागीय प्रमुख राईले बताए । घाईते शिशुको निशुल्क उपचारको व्यवस्था मिलाइसकिएकाले संकलित रकम अक्षयकोष खडा गर्ने र सोको व्याजबाट शिक्षादिक्षाको व्यवस्था मिलाइने यायोक्खाका उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

तरुण दलको सहयोगमा आईतबार साँझ काठ्माण्डौं पठाइएको घाईते शिशुको हाल कान्ती वाल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पताल खोटाङले अन्यत्र रेफर गरे पनि आर्थिक अभावमा घर फिर्न लागेका घाईते शिशुलाई तरुण दलले १ लाख १३ हजार ३६५ रुपैयाँ रकम संकलन गरेर उपचारमा पठाएको हो । तरुण दलले पनि सहयोग संकलनको कामलाई जारी राखेको जनाएको छ ।  गत शुक्रबार केटाकेटी अवस्थाका दाईको साथमा छाडेर घर बाहिरको काममा गएकोबेला प्रवीण अगेनामा परेका थिए । आगोमा पर्दा शिशुको दायाँ र वायाँ हातको हत्केलामाथिको भाग डढेको छ । दुबै हातको औंला डढेर खुम्चिएको छ भने हत्केला समेत डढेर घाउ बनेको छ । घट्नाकै दिन घाईते शिशुलाई अस्पतालमा ल्याइए पनि उपचार नभएपछि रेफर गरिएको थियो । तर, खर्च अभावमा अन्यत्र जान नसकेको आमा निर्मलाले बताईन् ।
यो पनि पढ्नुहोस

आगोले दुवै हात र निधार पोलेका शिशुको उपचार खर्च जुटाउने अभियानमा किराया खोटाङ

२०७६ साउन १४ गते राती ८ : २० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology