Samayojan khabar

Advertisment

SKIP THIS

१३ लाख चोरी गर्ने व्यक्ति पक्राउ

१३ लाख चोरी गर्ने व्यक्ति पक्राउ




समायोजन खबर मोरङ,
मोरङमा १३ लाख नगद चोरी गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ कटहरी गाँउपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए ।

साउन ७ गते कामतले विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका कामतलाई विराटनगर–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी खिउजुले जानकारी दिए । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैयाँ र १ लाख ५ हजार पर्ने १ थान मोबाइलसमेत बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका कामतका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।
२०७६ साउन १३ गते साँझ ६ :३६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology