Samayojan khabar

Advertisment

SKIP THIS

बाहुनीडाँडा र डिकुवामा बाढी पहिरोको क्षति संकलन सकियो

बाहुनीडाँडा र डिकुवामा बाढी पहिरोको क्षति संकलन सकियो




साउन १३ खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लामो खडेरी र लगातारको वर्षापछिको क्षतिको विवरण संकलन थालेको छ । २६ असार रातीबाट हप्तादिन परेको वर्षासँगै आएको बाढी र पहिरोले क्षति गरेको मानवीय संरचना तथा भौतिक संरचनाहरुको यक्किन विवरण संकलनको काम थालेको हो ।

बाढी पहिरोले दिक्तेल हलेसी सडक खण्डको मुख्यमुख्य भागमा ठूल्ठूला क्षति गरेपछि सडक अवरोधलाई हटाएर यात्रुहरुलाई सुविधा दिदै आएको नगरपालिकाले शनिबारदेखी प्रत्येक वडामा पुगेर पिडीतसँग प्रत्यक्ष कुराकानी र क्षतिको नमुना हेरेर वास्तविक विवरण संकलन अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ । ११ वडा रहेको नगरपालिकाको बाहुनीडाँडा र डिकुवामा क्षति विरणर संकलन गरिएको छ ।

क्षतिको विवरण संकलन गर्ने क्रममा नगरप्रमुख इवन राई लगायत । तस्विर समायोजन खबर

अनुगमन गरिएको दुई वडामा केही घरमा वस्नै नसकिने, भौगोलिक विकटता, भिरालो जमिनमै घर बनाएर वस्नुपर्दा तलबाट बगाउने र माथीबाट पुर्ने समस्याले अधिकांश घरहरु उच्च जोखिममा परेको, नदी तटिय क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा माथिबाट आएको भलबाढीले पुरेर बगरमा परिणत गरेकोे र तलबाट कटान गरेको, बाटोहरु भत्किएको/पुरेको, केही विधालयमा क्षति पुगेको तथा ग्रामिण सडकहरु पुरै ध्वस्त भएको, खानेपानी दुषित भएकाले नगरपालिकाको क्षमताभन्दा बाहिरको क्षति भएको नगरप्रमुख इवन राईले बताए ।

नगरपालिकाबाट तत्काल राहत दिनका लागि गोरेटो बाटोे नै छैन । घरघरमा ट्याक्टरबाट खाद्यन्न सामान पुग्ने गरेको थियो । मान्छेले ढाकर टेकुवा विसायो । त्यसकारण पहिले गोरेटो बाटो र ग्रामिण सडक पुगेको स्थानमा सडक मर्मत गर्छौ । नगरप्रमुख राईले भने, ‘अनि त्यसपछि राहतको कार्यक्रम लिएर जनताको घरदैलोमा जानेछौ । जसका लागि नगरपालिकाले खाद्य संकट क्षेत्र घोषणा गरेर बजेट छुट्याइसकेको छ ।’


बाढी पहिरो तथा कटानबाट क्षति भएका पीडितहरुलाई अन्य सहयोगका लागि प्रदेश र संघसँग पनि समन्वय गरिनेछ । बाढी पहिरो क्षति अन्तरगत सेवा, रोजगार र अवसरमा रहेका नगरवासीलाइ सामान्य सहयोग र विशुद्ध कृषि पेशामा निर्भर, जसले दैनिक जीबन गुजारा गर्नका लागि कृषिमै भरपर्नु पर्ने उहाँहरुलाई विशेष राहतको कार्यक्रम ल्याएर आउने नगरप्रमुख राईले बताए ।

 

अन्य वडाहरुमा भएको क्षतिको विवरण पनि निरन्तर गरिने जनाइएको छ । बाढी र पहिरोले क्षति गरेपछि खाद्य संकट घोषणा गरी राहत वितरणको तयारी गर्दागदै निरन्तरको वर्षातका कारण ग्रामिण सडक र गोरेटो बाटोहरु भत्किए पछि राहतको कार्यक्रम रोकिएको थियो । सुख्खा क्षेत्र रहेको उक्त नगरपालिकामा लामो खडेरी, निरन्तरको बर्षा,बाढी र पहिरोले ठूलो क्षति गरेको थियो । यसैबिच, प्रदेशसभा सदस्य राजन राईले पनि बाहुनीडाँडाको वेता, टोड्के, दाम्ली, झापा, रुपाटार लिङलाममा भएको बाढी पहिरोको क्षतिको अनुगमन गरेका छन् ।
२०७६ साउन १३ गते दिउँसो २ :५५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology