Samayojan khabar

Advertisment

SKIP THIS

आगोले दुवै हात र निधार पोलेका पाँच महिने बालकलाई तरुण दलको आर्थिक सहयोग

आगोले दुवै हात र निधार पोलेका पाँच महिने बालकलाई तरुण दलको आर्थिक सहयोग




चिसाङ शेर्पा खोटाङ,
आगोले दुवै हात र निधार पोलेर शक्त घाईते भएका ५ महिने बालकलाई नेपाल तरुण दल खोटाङले आर्थिक सहयोग गरेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी निर्मला राईको कान्छा छोरा प्रबिन राईलाई आइतबार साँझ १ लाख १३ हजार ३६५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

आगोले दुवै हात र निधार पोलेको भाई देखाउदै प्रविनका दिदी । तस्विर चिसाङ शेर्पा

गत शुक्रबार मध्यान्ह १२ वजे घरैमा दाजुले हेरचाह गर्दागर्दैे बालक एक्कासी अगेनामा परेका थिए । आमाबुबा खेतबारीमा काममा थिए । अगेनामा दुवै हात, निधार तथा शरीरका विभिन्न भाग पोलिएर घाईते भएका बालकलाई उपचारका निम्ति जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । परिवारले अस्पतालमा ल्याए पनि त्यहाँ उपचार हुन नसकेर रेफर गरिएको बालकको बारेमा टेम्माका विक्रम राईले थाहा पाएर समस्या बाहिर आएपछि तत्काल जुटेर आर्थिक सहयोग गरिएको नेपाल तरुण दल खोटाङका जिल्ला उपाध्यक्ष सन्जय कुमार राईले बताए । अगेनामा परेर दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा असर परी रक्तसञ्चार नभएको, निधारमा गम्भीर असर पुगेको र संक्रमण भएकाले बालकलाई कान्ती वाल अस्पताल काठमाण्डौ रेफर गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख नविन देवकोटाले बताए ।


तरुण दलको अगुवाईमा ५३ जना सहयोगीदाताबाट संकलन भएको रकम अस्पताल परिसरमा एक कार्यक्रमकाबीच तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले बालकका आमालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै बालकको थप उपचारका लागि अझै पहल गरिने उनले बताए । बालकका आमालाई सञ्चार सेवामा थप सहजताका लागि एकवटा मोवाईल र सिमकार्ड पनि हस्तान्तरण गरिएको छ । दिक्तेलबाट काठमाण्डौसम्म निःशुल्क गाडीको व्यवस्था गरी घाइते बालकलाई आमाका साथमा सोही दिन साँझ काठमाण्डौ पठाइएको छ । त्यहाँ पनि निःशुल्क उपचारको व्यवस्था मिलाइएको तरुण दल खोटाङले जनाएको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् ।


सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य सुमनबाबु आचार्य, तरुण दलका पूर्व अध्यक्ष राजेन्द्र राई, तरुण दल उपाध्यक्ष काजीमान राई, तरुण दल नगरसभापति सुचन राई, नेपाल विधार्थी संघ खोटाङका सभापति राजकुमार बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेविसंघ नगर अध्यक्ष मोतिचन्द्र राई, नेविसंघ जिल्ला सह–सचिव किसन भुजेल, नेविसंघ दिक्तेल बुहुमुखी क्याम्पस सभापति सुमन आचार्य लगायतको उपस्थिती  थियो ।
२०७६ साउन १२ गते साँझ ७  : १३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology