Samayojan khabar

Advertisment

SKIP THIS

मनसुनी गतिविधि कमजोर

मनसुनी गतिविधि कमजोर




समायोजन खबर काठमाण्डौ,
मनसुनी न्यूनचापीय रेखा (मनसुन ट्रफ) नेपालबाट दक्षिणतर्फ सरेकाले नेपालमा मनसुनी गतिविधि कमजोर भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । अहिले पनि देशका अधिकांश स्थानमा सामान्यतया बदली भैरहेको र केही स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । अबको केही दिन देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र ठूलो वर्षा नहुने महाशाखाको पूर्वानुमान छ ।
२०७६ साउन १२ गते बिहान ८ :५१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology