Samayojan khabar

Advertisment

SKIP THIS

पुस १६ गतेसम्म आवेदन दिनेको स्मार्ट लाइसेन्स वितरण हुँदै

पुस १६ गतेसम्म आवेदन दिनेको स्मार्ट लाइसेन्स वितरण हुँदै




समायोजन खबर काठमाण्डौ,
यातायात व्यवस्था विभागले २०१८ डिसेम्बर ३१ अर्थात २०७५ पुस १६ गते सम्म स्मार्ट लाइसेन्सको लागि आवेदन दिनेलाई सम्पर्क गर्न आग्रह गरेको छ । लाइसेन्स छपाई सकिएको र साउन १५ गतेसम्म विभागको कार्यालय नयाँ बानेश्वरबाट वितरण हुने विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाबाट २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरणका लागि आवेदन दिएकाहरुलाई स्मार्ट लाइसेन्स लिन विभागले बोलाएको हो । सवारी चालकले राजश्व बुझाएको रसिदको आधारमा साउन १५ गतेसम्म स्मार्ट लाइसेन्स विभागको कार्यालय नयाँ बानेश्वरबाट पाउने छन् भने साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट वितरण गरिने छ ।
२०७६ साउन १२ गते बिहान ८ :४५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology