Samayojan khabar

Advertisment

SKIP THIS

रसुवा पहिरोमा ज्यान गुमाउनेको पहिचान खुल्यो

रसुवा पहिरोमा ज्यान गुमाउनेको पहिचान खुल्यो




समायोजन खबर रसुवा,
मानसरोवर गएर फर्किएका तीर्थयात्री चढेको जीप पहिरोमा पुरिँदा रसुवामा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्लाका सल्लेरी नगरपािलकाका ४७ वर्षीय वाङ्छु शेर्पा र लिखुपिके गाउँपालिका–१ का ४० वर्षीय दावा शेर्पा रहेका छन् । अन्य ७ जना घाइते भएका छन् ।

 

घाइते हुनेमा सोलुखुम्बु जिल्लाको सल्लेरी–८ का ५६ वर्षीय दोर्जे शेर्पा, सल्लेरी–६ का ५० वर्षीय तेन्डी शेर्पा, लिखुपिके –१ का ५० वर्षीय नवाङ आङ शेर्पा, सोताङ–४ का ३२ वर्षीय छिरिङ दोर्जे शेर्पा, सल्लेरी–६ का ५४ वर्षीय फुरी शेर्पा रहेका छन् ।

त्यसैगरी सोलुखुम्बुकै केरुङ–१ का ४४ वर्षीय भलाकाजी शेर्पा घाइते भएका प्रहरीले जनाएको छ । भकानजे–१ का ४० वर्षीय छोङ्बा शेर्पा गम्भीर घाइते भएका छन् । सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–८ का सवारी चालक फुर्साङ स्याङतान भने सकुशल छन् । रसुवागढीबाट काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा पहिरोले पुरेको थियो । गाडीमा चालकसहित १० जना यात्रु रहेका थिए ।
२०७६ साउन १२ गते बिहान ८ :२३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology