Samayojan khabar

Advertisment

SKIP THIS

महुरेगढी वहुप्राविधिक शिक्षालयमा थप दुई विषय

महुरेगढी वहुप्राविधिक शिक्षालयमा थप दुई विषय




समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना भएको प्रदेश स्तरिय महुरेगढी प्राविधिक शिक्षालयमा थप डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र प्लान्ट साईन्स विषय पढाई हुने भएको छ । सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा नुनथलाको महुरेमा स्थापना गरिएको प्राविधिक शिक्षालयमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र प्लान्ट साईन्स विषय थप गर्न लागिएको हो । प्रिन्सिपल भानु पौडेलले अन्य नयाँ दुई विषय थप गर्ने तयारी भइरहेको जानकारी दिए ।


२०७५ साल मंसिर ९ गतेदेखि ४० जनाको कोटा भएको डिप्लोमा इन फरेष्ट्रीको कक्षा सञ्चालन गर्दै आएको प्राविधिक शिक्षालयमा ४८ जनाको कोटा भएको डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र ४० जनाको कोटा भएको डिप्लोमा इन प्लान्ट साईन्स विषय पनि पढाइ हुने भएको हो । तर, खोटाङमा सस्तो शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने विषयमा प्रचार–प्रसार कम हुँदा कतिपय विद्यार्थी अन्यत्र गइरहेको पाइएको छ ।  ७ वटै प्रदेशमा एक–एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार नुनथलामा प्रदेश नम्बर १ स्तरिय प्राविधिक शिक्षालय स्थापना गरिएको हो ।
२०७६ साउन ११ गते राती ८ :४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology