Samayojan khabar

Advertisment

SKIP THIS

चीनका १५ विमानस्थलमा पहुँच

चीनका १५ विमानस्थलमा पहुँच




समायोजन खबर काठमाण्डौ,
नेपाली वायुसेवाका लागि पूर्व्निर्धा्रित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्द् र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको हो ।

वाइडबडीको अभाव र वायुसेवाको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनीयाँ आकाशमा फेरो लगाउन पाएका छैनन् । यसैबीच, हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने संख्यालाई ९८ र्पुयाइएको छ । दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन् । एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार, सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने छन् । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्साल र सुरज कुँवरले लेखेका छन् ।
२०७६ साउन ११ गते बिहान ८ :१५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology