साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ,
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् । प्रतिष्ठानले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् ।

त्यस्तै तारानाथ दाहालको संयोजक, भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्दे्शिका निर्माण समिति गठन गरिएको छ । स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजक र सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल चयन भएका छन् । प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।
२०७६ साउन ५ गते दिउँसो २ :१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...