Samayojan khabar

Advertisment

SKIP THIS

बाढी पहिरोबाट विस्थापित पाँच परिवारलाई राहत

बाढी पहिरोबाट विस्थापित पाँच परिवारलाई राहत




चिसाङ शेर्पा खोटाङ,
२६ असार रातीबाट परेको लगातारको वर्षाका कारण विस्थापित पाँच परिवारलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाले राहत वितरण गरेको छ । वर्षासँगै आएको पहिरोले घरमा क्षति पुगेर विस्थापित पाँच परिवार र बालीनालीमा ठूलो क्षति पुगेका अर्का एक परिवारलाई राहत रकम वितरण गरेका हुन् ।

                                 पीडित परिवारलाई राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्विर समायोजन खबर

पहिरोले घरमा क्षति पुगेका बतासेका राजेन्द्र राईको परिवारलाई नगद ७० हजार, छितापोखरीका कुवेर खड्का, सोही स्थानका पर्शुराम भुजेल, सप्तेश्वर छितापोखरीका श्याम थापा र छोरम्बुका सुवास राईको परिवारलाई ३५/३५ हजारका दरले राहत रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, बतासेका गणेश विकका परिवारलाई १० हजार राहत वितरण गरिएको छ । उनको धानको बिउ र गोठमा ठूलो क्षति पुगेको थियो । विस्थापित परिवारहरुलाई क्षति स्थलमै पुगेर सहानुभूती बाँड्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले राहत रकम वितरण गरेका हुन् ।

बाढी पहिरोले गाउँपालिकाका अन्य स्थानहरुमा पनि क्षति गरेको छ । सवै क्षतिको प्रकृति अनुसार राहत वितरण गर्ने गाउँपालिकाको उद्देश्य भए पनि तत्कालका लागि घरमा क्षति पुगेर वस्नै नहुने परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
२०७६ साउन ४ गते बिहाढ १० :०५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology