सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका बिरामी अस्पताल पुग्नका लागि हेलीकोप्टर चार्टर गर्न बाध्य बनेका छन् । वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम, दिक्तेल–काठ्माण्डौं, दिक्तेल–कटारी लगायतका सडक अवरुद्ध हुँदा जिल्लाका बिरामी हेलीकोप्टर प्रयोग गरेर अस्पताल जान बाध्य बनेका हुन् ।

 

पहिरोका कारण दिक्तेलबाट काठ्माण्डौं, धरान, बिराटनगर लगायतका शहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालबाट रेफर भएका अधिकांश बिरामी महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ध्रुबविक्रम राईले बताउनुभयो । जिल्ला अस्पतालले रेफर गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राई मंगलबार हेलीकोप्टर प्रयोग गरेर काठ्माण्डौं पठाइएको छ ।

मंगलबार राती ८ बजे क्यानडा उडानका लागि सेड्युल भएका सोल्माकै हेमन्त राईले २ लाखमा हेलीकोप्टर चार्टर गरेपछि प्रेसरकी बिरामी हस्तकलालाई पनि सोही हेलीकोप्टरमा काठ्माण्डौं पठाइएको हो । पहिरोका कारण हप्ता दिन सडक अवरुद्ध हुँदै जिल्लाका बिरामी मारमा परेका हुन् । तत्काल अस्पताल लैजानुपर्ने प्रकृतिका बिरामी बढि समस्यामा परेका छन् । कतिपय आकस्मिक कामका लागि ओहोर–दोहोर गर्नुपर्ने स्थानीय समेत मारमा परेका छन् ।
२०७६ साउन १ गते दिउँसो २ :३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...