५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी,
नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले कोशी व्यारेजको ६ ढोका बन्द गरेको छ । कोशी बाँध फुट्ने खतराबढेपछि शनिबार मध्यरातमा व्यारेजको सबै (५६ वटै) ढोका खोलिएको थियो । व्यारेजको सबै ढोका खोल्दा विहारका केही ठाउँ जलमग्न भएपछि भारतले फेरि ६ ढोका बन्द गरेको हो । भारतले विहार जोगाउन ब्यारेकको ६ ढोका बन्द गर्दा त्यसबाट नेपालतर्फका बस्ती भने डुबानको खतरामा परेको छ ।

कोशी नदीमा वहाव प्रतिसेकेण्ड ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको व्यारेजले जनाएको छ । नदीमा पानीको वहाव अत्यधिक मात्रामा बढेपछि त्यस आपसपासका बासिन्दा त्रसित भएका छन् । यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।
२०७६ असार २९ गते बिहान १० :५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...