खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ,
बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण दुई दिनदेखी खोटाङमा यातायात र विधुत सेवा ठप्प भएको छ । वर्षासँगै ठाउँठाउँमा झरेको ठूलाठूला पहिरोका कारण यातायात सेवा वन्द भएका छन् । भने, शुक्रबार विहान उदयपुरको त्रियुगा खोलाले खोटाङतर्फ आउने ३३ केभी प्रशारण लाईनको विजुलीको पोल बगाउदा विधुत पनि अवरुद्ध बनेको छ ।

दिक्तेल–हलेसी सडक अन्तरगत अर्खोले र महादेवस्थान सिमाना बर्खेटारदेखी बडहरेसम्मका रुटमा २५ स्थानमा ठूलाठूला पहिरो झरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी दिए । पहिरो पन्छाउनका लागि नगरपालिकाको जेसिभिसहित मानवीय शक्ति खटाइएको नगरप्रमुख राईले जनाएका छन् । यस्तै, कटारी–घुर्मी र हर्कपुर–जयराम सडकका विभिन्न ठाउँमा पनि पहिरो झरेको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारे खोलामा बाढीको लेदो आएर थुप्रिँदा सयौं सवारी साधन बीचैमा अलपत्र छन् । तराई तथा काठमाण्डौबाट खोटाङ आउने यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।

यस्तै, पानीको वहाव घटेपछि त्रियुगा खोलामा पौडी खेल्ने स्थानीयहरु खोजेर ढलेको पोलबाट तार खोलेर छोडिएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । तार खोलेपछि त्रियुगा खोलाबाट नै कर्मचारी खटाइएर फल्ड स्थान खोजी भईरहेको छ । उनका अनुसार त्रियुगा–साउने–रसुवासम्म कर्मचारी खटाइएको छ । कर्मचारीसँग नै फोन सम्पर्क नभएकाले प्रगती विवरण लिनै समस्या भएको प्राधिकरणले जनाएको छ । वर्षाका कारण पहिरो जाँदा जिल्लाकै नुनथला, लेक्पा, छोरम्बु, सावाखोला, टेम्मा, चिप्रीङ, रसुवा लगायतका ठाउँमा ११ केभी प्रशारण लाईनको पोल पनि ढालेको छ ।
२०७६ असार २८ गते दिउसो २ : ४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार