Samayojan khabar

Advertisment

SKIP THIS

बर्खे झरी सुरु, बाढी पहिरोको जोखिम भएका ठाउँमा सतर्क रहन आग्रह

बर्खे झरी सुरु, बाढी पहिरोको जोखिम भएका ठाउँमा सतर्क रहन आग्रह




समायोजन खबर काठमाण्डौ,
बर्खे झरी सुरु भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने उहाँको अनुमान छ ।

‘बुधबार दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।’ एकैछिन पानी पर्न रोकिए पनि फेरि वर्षा हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । बर्खे झरी सुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको छ । बिहीबार प्रदेश १, २, ३ र गण्डकी प्रदेशका नदीमा बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यस अघि पहिरो गइरहने ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

२०७६ असार २५ गते बिहान ९ : ४७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology