ओखलढुङ्गामा बस दुर्घटना,तीन जनाको मृत्यु, १५ जना घाइते

समायोजन खबर ओखलढुंगा,
ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उज्यालो
२०७६ असार २५ गते बिहान ९ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार