पत्रकारलाई कुटपिट गरेको सम्बन्धमा पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

समायोजन खबर काठमाण्डौ,
पत्रकार होमकुमार कार्की (राजन) र मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी गरी यस्तो जनाएको हो । प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार कार्की नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष र दाहाल पूर्व अध्यक्ष हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले असार २१ गते शनिबार राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ । आक्रमणबाट गम्भीर घाइते भइ बेहोस अवस्थामा काठमाण्डौ ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा महासंघले पत्रकारद्वय कार्की र दाहालमाथिको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्ने साथै घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।

 

साथै विज्ञप्तिमा असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा कीर्तिपुरको भत्केपाटीमा दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
२०७६ असार २२ गते अपरान्ह ३ : १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...