लोक गायक पोखरेलको ‘यति कुरा था छ कि था छैन’ बजारमा

चिसाङ शेर्पा खोटाङ,
खोटाङका लोक गायक धर्मराज पोखरेलको आवाजमा सजिएको लोक दोहोरी गीत र सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिएका गायक पोखरेलको स्वरमा आवद्ध ‘यति कुरा था छ कि था छैन’ वोलको लोक गीत शुक्रबार सार्वजनिक भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थानीय लोक गायक पोखरेललाई गायिका देवी घर्तीले आवाजमा साथ दिएकी छिन् । ईन्जिनियर समेत रहेका उनले पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा आशा लाग्दो काम गरीरहेका छन् । सञ्चारकर्मी शिखर गजरकोटेको लय/शब्द र बि.बि अनुरागीको एरेन्जमा तयार भएको  लोक गीत र म्युजिक भिडियोले दर्शक तथा श्रोताको मन जित्ने गायक पोखरेलले बताए ।

म्युजिक भिडियोमा गायक पोखरेल, शंकर बि.सी र अन्जली अधिकारीले अभिनय गरेका छन् । दुर्गा पौडेलले म्युजिक भिडियोलाई खिचेका हुन् । म्युजिक भिडियो धर्मराज पोखरेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस भिडियो

२०७६ असार १३ गते साँझ ६ :५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...