पाँचथरमा आगलागी हुंदा ५६ लाखभन्दा बढीको क्षति

समायोजन खबर पाँचथर,
कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी भएको छ ।आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो ।

सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज वानबहादुर चौहानले बताउनुभयो । आगलागीबाट सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ । बिहान साढे ६ बजे सुरु भएको आगलागी करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको थियो । सदरमुकाम फिदिमबाट करिब २ घण्टाको दूरीमा रहेको यो ठाउँमा आगलागी नियन्त्रण भएपछिमात्र फिदिमबाट गएको दमकल पुगेको थियो ।
२०७६ असार १२ गते मध्यान्ह १२ :४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार