वडामा बजेट सिलिङ नदिएको भन्दै तीन वडाध्यक्षको विरोध

चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तीन वडाध्यक्ष वडामा बजेट सिलिङ नदिइ गाउँसभा गरिएको भन्दै विरोधमा उत्रिएका छन् । वडामा बजेट दिएर गाउँसभा गर्न माग राखे पनि गाउँपालिकाले बेवास्ता गर्दै एकलौटी गाउँसभा गरेको भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष लोकेन्द्र राई, वडा नम्बर २ डाँडागाउँका वडाध्यक्ष भीम खत्री, वडा नम्बर ६ छितापोखरीका वडाध्यक्ष मिलन राईले बिरोध जनाएका हुन् ।


सबै वडामा सिलिङ दिएर वडालाई शक्तिशाली बनाउनुपर्नेमा वडालाई कमजोर बनाइएको भन्दै बिरोधमा उत्रिएका तीन वडाध्यक्षले बुधबार दिक्तेल पुगेर पत्रकार सम्मेलन गरेर असहमतिका बाबजुद मंगलबार पाँचौ गाउँसभामार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको असन्तुष्ट वडाध्यक्षहरुको भनाई छ । गाउँसभा अगाडि बजेट सिलिङ नदिइएको र कांग्रेस बनाएर उपभोक्ता समितिमा राख्ने गतिविधि बढेकाले आवाज उठाउनु परेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए । बजेट सिलिङका बिषयमा असन्तुष्ट वडाध्यक्ष नेकपाकाबाट निर्वाचित हुन् ।

 

५ असारमा वसेको गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार वडामा वजेट नपठाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । १५ जना कार्यपालिका सदस्यमा तीनजनाले बजेट सिलिङ माग गरेको र अन्यले नमागेले उहाँहरु अल्पमतमा परेको अध्यक्ष राईले बताए ।
गाउँपालिकाको बजेट सिलिङलाई लिएर नेकपा निकट युवा संघ र योङ कम्यूनिष्ट लिग (वाइसीएल) र कांग्रेस निकट तरुण दलले एकअर्का विरुद्ध धम्कीको भाषामा विज्ञप्ति निकालेका छन् । नेपाल तरुण दल क्षेत्र नम्बर २ ले नेकपाका नेता तथा कार्यकर्ताले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँसभा बिथोल्ने प्रयास गरेको भन्दै मंगलबार साँझ विज्ञप्ति निकालेपछि बुधबार पत्रकार सम्मेलनमा युवा संघ र वाइसीएलले पनि आफ्नो साथीहरुमाथि आक्रमण भएको भन्दै विज्ञप्ति निकालेर जवाफ फर्काएको छ । दुबै पक्षको विज्ञप्तिमा ‘प्रतिकारमा उत्रिने’ उल्लेख छ ।
२०७६ असार १२ गते बिहान ९ :५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...