प्रथम क्वीक्स कप अन्तर माबि स्तरिय छात्र/छात्रा फुटबल

समायोजन खबर खोटाङ,
खोटाङमा प्रथम ऐतिहासिक क्वीक्स कप अन्तर माबि स्तरिय छात्र/छात्रा फुटबल प्रतियोगीता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा जिल्ला फुटबल संघले क्वीक्स कप अन्तर माबि स्तरिय छात्र/छात्रा फुटबल प्रतियोगीता आयोजना गरेको हो ।
दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न प्रतियोगीतामा छात्रतर्फ दिक्तेल इंलिस बोर्डिङ स्कुल दिक्तेललाई ट्राइब्रेकरमा पछि पार्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलले उपाधि चुमेको छ । पहिलो र दोश्रो हाफ गोलरहित सकिएपछि भएको ट्राइब्रेकरमा माउण्टएभरेष्ट बोर्डिङ स्कुलले ४ का बिरुद्ध ५ गोल गरेको थियो । ट्राइब्रेकरमा १ गोलले पछि परेपछि दिक्तेल इंलिस बोर्डिङ स्कुल उपविजेतामा सिमित बन्न पुगेको छ ।


यस्तै, छात्रातर्फ ज्योती माबि जालपा विजेता बनेको छ । जालपा माबिलाई ट्राइब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै ज्योती माबिले विजेताको उपाधि सुरक्षित गरेको हो । निर्धारित समयमा दुबैपक्षबाट गोल नभएपछि ट्राइब्रेकरबाट विजेता र उपविजेताको टुंगो लगाइएको हो । असार ८ गते उद्घाटन गरिएको प्रतियोगीतामा छात्रतर्फ जिल्लाका ११ टिम र छात्रातर्फ ४ टिमको सहभागीता रहेको आयोजक फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताए ।  प्रतियोगीतामा छात्रातर्फ सरस्वती माबिकी सजिना राई बेस्ट डिफेन्डर, जालपा माबि जालपाका सिमा राई हाइ स्कोरर, ज्योती माबि जालपाकी कला राई बेस्ट किपर र माउण्टएभरेष्ट बोर्डिङ स्कुलकी रोना राई बेस्टमिडफिल्डर घोषित भएकी छन् । छात्रतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका विपिन भट्टराई बेस्ट डिफेन्डर, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकै एलिस श्रेष्ठ बेस्ट किपर, दिक्तेल इंलिस बोर्डिङ स्कुलका अभिषेक मगर बेष्टमिडफिल्डर र दिक्तेल इंलिस बोर्डिङ स्कुलकै रबिन तामाङले हाइ स्कोररको उपाधि जितेका छन् ।

 

विजेता समुह तथा खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । दुबै बिजेता टिमले प्रदेशस्तरिय प्रतियोगीतामा सहभागी हुने अवशर पाएको संघले जनाएको छ ।
यस वर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट क्वीक्स कप अन्तर माबि स्तरिय छात्र/छात्रा फुटबल प्रतियोगीता गर्ने अवशर पाएको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई एन्फाले यस पल्ट सदस्यता दिने निर्णय गरेको थियो ।
२०७६ असार १० गते राती ८ :३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...