बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि

अनलाईन लोगो

समायोजन खबर उदयपुर,
माछा मार्ने क्रममा बेपता भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरका २ विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । गएको बुधवार लिम्चुङबुङ गाउँपालिका १, बाँसबोटेमा रहेको बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय आशन भनिने (देव कुमार राई) र १३ वर्षीय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुबेर वेपत्ता भएका थिए ।

शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पनि लाश फेला नपर्दा शनिबार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको हो ।

अन्तिम संस्कार गरे पनि प्रहरीले स्थानीयको सहयोगमा शवको खोजी रहेको बताइएको छ । बेपत्ताको खोजीका लागि ज्यामिरे दोभानदेखि सुनसरीको चतरासम्मका उदयपुरसहित छिमेकी जिल्ला खोटाङ, भोजपुर र सुनसरीका मताहतका प्रहरी इकाइहरु पनि परिचालन गरिएका छन्। आसन भनिने (देवकुमार) एसईई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

२०७६ असार ८ गते राती ८ :४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...