जिल्ला फुटबल लिगको उपाधि बाक्सिला फुटबल क्लवलाई

समायोजन खबर खोटाङ,
खोटाङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगीताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको छ । शनिबार सम्पन्न प्रतियोगीतामा खोटाङ फुटबल एकेडेमीलाई शुन्यका बिरुद्ध २ गोल गर्दै बाक्सिला फुटबल क्लवले उपाधि जितेकोे हो । हारसँगै खोटाङ फुटबल एकेडेमीले उपविजेतामा चित्त बुझाएको छ । बाक्सिला फुटबल क्लवका लागि गंगा मगर र भीम राईले पहिलो हाफमा १/१ गोल गर्नुभएको थियो ।


दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीताका बिजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगीताका आयोजक जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताए । जिल्ला लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्ने अवशर पाएका छन् ।


प्रतियोगीतामा खोटाङ भगवती स्पोर्टस क्लवका जीवन परियार उत्कृष्ट डिफेन्डर, हलेसी तुवाचुङ फुटबल क्लवका डिकेन राई उत्कृष्ट मिडफिल्डर, खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय हाइस्कोरर र बाक्सिला फुटबल क्लवका नविन राई बेष्टकिपर घोषित भएका छन् । प्रतियोगीताका बिजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दिपककुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको छ । खेलमा बुईपा इलाभेन स्पोर्टस टिम र जन्तेढुंगा फुटबल क्लव रेलीगेसनमा परेको छ ।

यसैविच, प्रतियोगिताको अवसरमा जिल्ला फुटबल संघका पदाधिकारी र नेपाल पत्रकार महासंघ खोटाङबीच भएको मैत्रीपुर्ण फुटबल खेलमा फुटबल संघले जितेको छ । पत्रकार महासंघलाई दुईका विरुद्ध तीन गोल गर्दै संघले जित हासिल गरेको हो ।
२०७६ असार ७ गते साँझ ७ :४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...