सुनकोसीमा बेपत्ता पुरुषको खोजी कार्य जारी, परिवारद्धारा काजक्रिया

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,
पुलबाट हाम फालेर बेपत्ता भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र राई पाँच दिन बित्दा समेत फेला परेका छैनन् । १ असारमा उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कनेक्रममा बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटस्थित चनौटे पुलबाट सुनकोसीमा हाम फालेका राईको अझै पत्ता नलागेको हो ।

श्रीमतीसँगै रहेका राईले असार १ गते आईतबार पुलबाट हाम फाले थिए । हाम फालेका राईको खोजी कार्य जारी रहेपनि हालसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले बताए । उदयपुर र खोटाङका प्रहरीले आ,आफ्नो स्थानबाट खोजी कार्य जारी राखे पनि भेट्न नसकिएको कटवालले बताएका छन् । उनले हाम फाल्नुको कारण खुल्न सकेको छैन ।

यसैविच, पुलबाट हाम फालेर वेपत्ता बनेका राईको परिवारले काजक्रिया गरेका छन् । पुलबाट कोशीको ठूलो पानीमा हाम फालेपछि भेट्न नसकिने भन्दै परिवारले विधिवत रुपमा काजक्रिया गरिसकेको बतासेका वडाध्यक्ष लोेकेन्द्र राईले जानकारी दिए । नदीमा बेपत्ता बनेका राईको मंगलबार काजक्रिया गरिएको हो । उनका श्रीमती, तीन छोरा र दुई जना छोरी छन् ।
२०७६ असार ५ गते दिउँसो २ :४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...