Samayojan khabar

Advertisment

SKIP THIS

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन




चिसाङ शेर्पा खोटाङ,
दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका हुन् ।

 

खेलकुदको विकासका लागि नेपाल सरकारको शसर्त अुनदानबाट आएको बजेट अन्तरगत गाउँपालिकाको डाँडागाउँ खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ शान्ति निकेतन मिनाकर्ण मावि सापातेल दोश्रो, शान्ति मावि टेम्मा तेश्रो भएका छन् । महिलातर्फ कृष्ण मावि टेम्मा दोश्रो र शान्ति निकेतन मिनाकर्ण मावि सापातेल तेश्रो भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए ।
प्रतियोगितामा शान्ती मावि टेम्माका सरोज खत्री, शान्ति निकेतन मिनाकर्ण मावि सापातेलका अन्सुना परियार अनुशासित खेलाडी घोषित भए । धिप्लुङ मावि छितापोखरीका जानुका मगर र शान्ति निकेतन मिनाकर्ण मावि सापातेलकै प्रज्ज्वल वस्नेत उत्कृष्ट खेलाडीमा छानिएका छन् । प्रज्ज्वल उत्कृष्ट मार्च पासमा छनौट भएका छन् ।


विजयी पुरुष समुहले क्रमशः १२ हजार, नौ हजार, चार हजार पाँच सय, महिला समुहले क्रमशः १२ हजार, नौ हजार र चार हजार पाँच सय नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला/पुरुष अनुशासित दुई खेलाडीले जनही एक हजार दुई सय र महिला/पुरुष उत्कृष्ट दुई खेलाडीले जनही एक हजार दुई सय र उत्कृष्ट मार्चपास एकजना खेलाडीले जनही एक हजार पाँच सय नगद पुरस्कार पाएका छन् । पुरस्कार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले वितरण गरेका हुन् । गत जेठ शुक्रबार र शनिबार आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ ११ र पुरुषतर्फ १४ टिमले सहभागिता जनाएका थिए ।
२०७६ असार १ गते बिहान ७ :५८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology