वीर्य शीघ्र स्खलन र उपाय

समायोजन खबर काठमाडौं,
वीर्य शीघ्र स्खलन हुने समस्याबाट आजभोली धेरै पुरुषहरु पिडित भएको गुनासो सुनिने गरिएको छ । यो यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पुरुषमा पाइने समस्या हो । सरल भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुनसक्छ । यसर्थ कति समय पछिको यौन सम्पर्क पछि विर्य स्खलन हुनुलाई शीघ्र स्खलन हुनु भनिन्छ भन्ने अन्योल हुन सक्छ । शीघ्र स्खलन भनेको योनीमा लिंग प्रवेशको दुई–चार धक्कामै विर्य स्खलन भयो भने यसलाई शीघ्र स्खलन भन्न सकिन्छ ।

शीघ्र स्खलनको मूलकारण मानसिक हो भन्छन् चिकित्सकहरु । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुनसक्छ । यसर्थ यौनसम्पर्कलाई बढी उत्तेजित नबनाई मज्बुरी नबनाई इच्छा र चाहनाको समिश्रणबाट एकअर्कामा समर्पितको भावना जागृत गराएर गर्नु पर्दछ । यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । कहिले काँही त जो कोहीको पनि शीघ्र स्खलन हुन सक्छ । तर सधैजसो यसो हुन्छ भने यसलाई समस्याको रुपमा लिन सकिन्छ । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ ।

यो समस्या कम गर्न आफैंले अबलम्बन गर्न सकिने केही उपाय छन् । यौनसम्पर्क रोक्ने–सुरु गर्ने गरेमा पनि यसबाट छुट्कारा पाउन सकिन्छ । यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन सुरु गर्न पनि सकिन्छ । त्यसैगरी आसन परिवर्तन गर्नाले पनि शीघ्र स्खलनको समस्या कम हुन सक्छ । कन्डमको प्रयोग गर्नाले पनि यस समस्याबाट केहीहद सम्म छुट्कारा मिल्दछ । त्यसैगरी यौन सम्पर्कको दौरानमा लिंगलाई हातले बेस्किन समाउनाले र केही समय यौनक्रिया रोक्दै पुन गर्दै गर्नाले पनि यस्तो समस्या कम हुन्छ । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्नाले पनि शीघ्र स्खलनबाट छुट्कारा मिल्दछ । एजेन्सी
२०७६ जेठ ३१ गते राती ९ :४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार