Samayojan khabar

Advertisment

SKIP THIS

सचिनले ततायो बाम्राङ, योगिनले हसायो

सचिनले ततायो बाम्राङ, योगिनले हसायो




चिसाङ शेर्पा खोटाङ,
खोटाङका होनाहार युवा गायक तथा सुगमस्टार सचिन राईले दर्शकलाई भरपुर नचाएका छन् । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बन्दै आएका गायक राईले आफ्नो जन्मथलोमा बुढापाकादेखी युवायुवतीलाई नयाँ तथा पूराना गीतबाट मजाले नचाएका हुन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा अवस्थित सावित्रा माविमा थाई दाता माष्टर वान्चाउ रोउ एरि र रोयल थाइ मोनास्ट्रीको ४५ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न चारकोठे पक्की भवनको उद्घाटन कार्यक्रममा गायक सचिनले ‘म हुं सुगमस्टा’, तिमिलाई देखेपछि प्यार बढ्यो सानु बोलको गीत दर्शकसामु सुनाएका हुन् । समय अभावका कारण अन्य गीत भने सुनाउन पाएनन् ।


कार्यक्रममा सचिनले गाउँदा बाम्राङका वडाध्यक्ष ललित राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल लगायत स्थानीयहरुले नाचेर साथ दिएका थिए । २०६९ सालमा सुगमस्टार विजेता बनेपछि गायन क्षेत्रमा क्रियाशिल सचिनको हालसम्म ३५ भन्दा बढी गीत बजारमा आईसकेका छन् । २०७० सालमा नेपाल टेलिभिजनले आयोजना गरेको नेपाल आईडलमा फस्ट रनरअप भएपछि सांगितिक यात्रामा पछाडी फर्कनु नपरेका सचिनले विदेशमा समेत आफ्नो प्रस्तुती देखाइसकेका छन् ।

 

यसैविच, हास्यकलाकार योेगिन राईले पनि दर्शकलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिलाएका छन् । जिल्लामा भइरहेका सकारात्मक तथा नकरात्मक विषयहरुको हास्यव्यंगबाट प्रहार गर्दै उपस्थित दर्शकहरुलाई हसाएका हुन् ।


योगिनले, जिल्लाका नेता, पत्रकारका प्रस्तुतीलाई व्यंग शैलीमा प्रस्तुत गरेका थिए । यस्तै, विकास निर्माणमा भईरहेका राम्रा, नराम्रा पक्षका वारेमा पनि व्यंग प्रहार गरे थिए । विभिन्न सञ्चार क्षेत्रमा आवद्ध उनी विगत तीन वर्षयता हास्यकलाकारका रुपमा स्थापित हुंदै आएका छन् ।
२०७६ जेठ २९ गते राती ८ :०५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology