दुई पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

समायोजन खबर खोटाङ,
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ । बेरोजगार एबं अति विपन्न परिवारका नागरिकलाई गाउँमै रोजगारको अवशर दिएर १५ वडा रहेको नगरपालिकामा कार्यक्रम लागू गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाका १८० बेरोजगार नागरिकले रोजगार पाएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।


दैनिक जनही ६१० रुपैयाँ पारिश्रमिक पाउनेगरी नगरपालिकामा कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लीङले उद्घाटन गर्नुभएको हो । गरिबीको रेखामुनि रहेका र बेरोजगार नगरबासीमध्येबाट छनौट गरेर वर्षमा कम्तीमा सय दिनको रोजगारीको अवशर दिइएको नगरपालिकाले जनाएको छ । मासिक जनही १८ हजार ३ सय पाउने गरी रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई सम्वन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफुलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको नगरप्रमुख रिजालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार गाउँदा स्थानीय उत्साहित छन् ।

यस्तै, रावाबेंशी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ । त्यस गाउँपालिकामा १०७ जना बेरोजगार नागरिकले रोजगार पाएका छन् । उनीहरुले प्रत्येक दिन ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउनेगरी रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

गाउँपालिका अध्यक्ष निरौलाका अनुसार दुवेकोलामा बाहिर निस्केको खानेपानीको पाईप पुर्ने, गाँस्ने र सार्वजनिक धाराहरु सफा गर्ने कुभिण्डेमा, नुनथला–कुभिण्डे सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने र छोटो दुरीका पूराना बाटोमा सिढी लगाउने झाडी सफा गर्ने खार्पामा, महुरे–झिगटीघर सडकमा सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने, पूराना बाटोमा सिढी लगाउने झाडी सफा गर्ने, लामिडाँडामा, विजुले–लामिडाँडा भन्ज्याङसम्म सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने, पूराना बाटोमा सिढी लगाउने झाडी सफा गर्ने र डुम्रेधारापानी तथा हौचुरमा पनि सोही अनुसारको काममा खटाइएको छ ।
२०७६ जेठ २८ गते राती ८ :३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...