Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलमा एफिएफद्वारा आर्मी पराजित

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलमा एफिएफद्वारा आर्मी पराजित




समायोजन खबर काठमाण्डौ,
विभागीय टिम एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज घरेलु टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० को सेटमा पराजित ग¥यो । योसँगै एपीएफले आर्मीसँग ताप्लेजुङमा भएको पाथिभरा भलिबलको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको छ । जितसँगै समूह ‘क’ को एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । र, एपीएफले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको छ । आर्मी पनि ४ खेलबाट ९ अंक सेमिफाइनलमा प्रवेश गरेको छ ।
२०७६ जेठ २२ गते साँझ ६ :२५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology