पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पराजय भएको कांग्रेस सभापति देउवाको भनाइ

पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पराजय भएको कांग्रेस सभापति देउवाको भनाइ




समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने धारणा राख्नुभयो । पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको सभापति देउवाको तर्क थियो ।
देशमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उहाँको भनाइ थियो । आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न लाग्नुपर्नेमा पनि सभापति देउवाको जोड थियो । सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काँग्रेसभित्र सशत्त एकताको खाँचो रहेको बताउनुभयो ।
२०७६ जेठ ३ गते साँझ ५ :४७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology