गुणस्तरहीन औषधि बिक्रिवितरण गर्नेलाई कारबाही गरिने

गुणस्तरहीन औषधि बिक्रिवितरण गर्नेलाई कारबाही गरिने




समायोजन खबर काठमाण्डौ,
सरकारले गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसललाई कारबाही गर्ने चेतावनी दिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको हिजोको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीत औषधि विक्री वितरण गर्ने औषधि पसलमाथि कारवाही गर्ने चेतावनी दिनुभयो ।
यस्तै कर्मचारी समायोजन सकिएको डेढ महिना वितिसक्दा पनि स्वास्थ्य समूहका कर्मचारीको समायोजन भने अझैं हुन सकेको छैन । कर्मचारी समायोजनको क्रममा सबैभन्दा बढि विवादित बनेको स्वास्थ्य समूहका कर्मचारीको समायोजन सकिन अझैं समय लाग्ने भएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले समायोजनको क्रममा सबैभन्दा बढि स्वास्थ्य समूहका झन्डै २८ हजार कर्मचारी समायोजन हुने हुँदा गुनासोको सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार समायोजनको क्रममा झन्डै ८ हजार गुनासो सहितको उजुरी परेका कारण तीनलाई समाधान गर्न कति समय लाग्ने भन्ने नै टुङ्गो लागेको छैन ।
२०७६ जेठ १ बिहान ९ :०७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology