चट्याङबाट आठ घाईते, सात जना उपचारपछि घर फर्किए

चट्याङबाट आठ घाईते, सात जना उपचारपछि घर फर्किए




समायोजन खबर खोटाङ,
खोटाङमा असिना पानीसँगै परेको चट्याङले आठ जना घाईते भएका छन् । आईतबार साँझ एउटै टोलमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका बिष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कट्वाल, खेमकुमारी कट्वाल, पदमकुमारी कट्वाल र मिना कट्वाल घाईते भएका हुन् ।


चट्याङ लागेपछि घाईते भएकामध्ये खेमकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । खेमकुमारीको श्वास–प्रस्वासमा समस्या देखिएपछि उपचारमै राखिएको प्रहरीले जनाएको छ । अन्य भने उपचारपछि सोमबार आज बिहान डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए । घाईतेलाई आईतबार साँझ अस्पतालमा ल्याइएको थियो ।
२०७६ बैशाख ३० गते बिहान ९ : ४० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology