समाजवादी पार्टी, राजपाबीच एकीकरणका लागि छलफल सुरु

समाजवादी पार्टी, राजपाबीच एकीकरणका लागि छलफल सुरु

अनलाईन लोगो



समायोजन खबर काठमाण्डौ,
नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन । पहिलो चरणमा अनौपचारीक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो ।

उहाँले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिनुभयो । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताउनुभयो । आज पनि अनौपचारीक कुराकानी हुने नेताहरुले बताएका छन ।

२०७६ बैशाख ३० गते बिहान ९ : ०९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology