संसदीय मर्यादा विपरीतका शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

संसदीय मर्यादा विपरीतका शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन




समायोजन खबर काठमाडौं,
संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन् । उनले गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।


आजको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको विषय उठाउँदै अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएको बताएका थिए । सभामुखले निर्देशन दिए लगत्तै नेकपाका सांसद खगराज अधिकारी उठेर नियमात्ति जनाउँदै त्यस बैठकमा गैर संसदीय शब्दहरु धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने माग गरे ।

२०७६ बैशाख २७ गते मध्यान्ह १२ : ४५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology