करदाता कार्यालय उदघाटन, के-के काम हुन्छ

करदाता कार्यालय उदघाटन, के-के काम हुन्छ




चिसाङ शेर्पा खोटाङ,
विगत केही समय अघिबाट सञ्चालनमा आएको करदाता सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरिएको छ । दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय अगाडी सञ्चालनमा रहेको कार्यालयको सोमबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।
के–के काम हुन्छ ।
प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुगेर कर चुक्ता गर्नुपर्ने बाध्यता अन्त्य भएपछि कार्यालयबाट स्थायी लेखा नम्बर प्रदान गर्ने, मुअकर दर्ता गर्ने, अन्तशुल्क इजाजत प्रदान र नविकरण गर्ने, विवरणहरु रुजु गर्ने, बक्यौता असुली गर्ने, भौचर संसोधन गर्ने, व्यक्ति तथा व्यवसायहरुको विवरण संकलन गर्ने, कर चुक्ता प्रमाणपत्र प्रदान गर्ने, फायलहरुको स्थानतरण गर्ने र व्यावसाय वन्द गर्नेसम्मको काम हुने करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए । कर परिक्षण र अनुसन्धानका कामहरु भने प्रवाह नहुने उनले बताए ।
गत वर्षको चैत्र २८ गतेबाट व्यावसायिक पान नम्बर वितरण गर्न थालेको कार्यालयले एनजिओलाई पान नम्बरको प्रमाणपत्र दिन थालेको छ । साईनो कला केन्द्र दिक्तेलले पहिलो एनजिओको रुपमा पान नम्बर लिएका थिए ।

एक दिनदेखि दुई दिन लगाएर दोब्बर खर्चमा सिराहाको लहान पुगेर कर चुक्ता गर्दै आएका स्थानीय जिल्लामा कर बुझाउन पाउने वाताबरण बनेपछि उत्साहित भएका छन् । जिल्लामा करदाता सेवाको कार्यालय स्थापना भएपछि करका वारेमा जानकारी बढ्ने तथा कर छलीजस्ता क्रियाकलाप नहुने अपेक्षा गरिएको छ । खोटाङमा २ हजार ८ सय ५३ जना करदाता रहेका छन् ।
२०७६ बैशाख २३ गते मध्यान्ह १ :१५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology