Samayojan khabar

Advertisment

SKIP THIS

दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या




समायोजन खबर तेह्रथुम
जिल्ला आयुर्वेद अस्पतालमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ । पछिल्लो समय आयुर्वेद उपचारका लागि बिरामीहरु जान थालेपनि स्वास्थ्यकर्मी नहुँदा भने समस्या भएको हो । आयुर्वेद पद्धतीबाट उपचार गराउदा रोग चाँडो निको हुने, बल्झीने समस्या र अन्य प्रभाव समेत नहुने भन्दै बिरामी त्यसतर्फ आकर्षित हुँदै गएका छन् । विभिन्न ३० प्रकारका रोगको उपचार गर्दै आएको जिल्ला आयुर्वेद औषधालय तेह्रथुममा दैनिक २५ जना भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।

तर दरवन्दी अनुसारका डाक्टर, कवीराज र वैद्य नहँुदा उपचारमा समस्या भएको कार्यालय प्रमुख डाक्टर राजकुमार मिश्रले बताउनुभयो । स्वासप्रश्वास, दम, अमलपित्त, ग्याष्ट्रिक, मधुमेह, जण्डिस, रक्तचाप, वाथ, छालाजन्य रोग, मुत्रजन्य रोग, नाक, कान, घाँटी, पायल्स्, पिनास, हातखुट्टाका जोर्नी दुख्ने लगायतका रोगबाट प्रभावित बिरामीले आयुर्वेदिक उपचार पद्धती रोज्ने गरेका डाक्टर मिश्रले बताउनुभयो । सात जना आयुर्वेद स्वास्थ्यकर्मीको दरवन्दी रहेको जिल्ला आयुर्वेद औषधालयमा लामो समय देखी एकजना डाक्टर र एक जना कवीराज मात्रै काम गरिरहेका छन् ।
२०७६ बैशाख २२ गते बिहान ९ :५७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology