बसबाट खसेर एक बृद्धको मृत्यु

बसबाट खसेर एक बृद्धको मृत्यु




समायोजन खबर रामेछाप
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीमा बसबाट खसेर एक बृद्धको मृत्यु भएको छ । रामेछापको प्रीतिबाट मन्थली सदरमुकामतर्फ जाँदै गरेको बा ३ ख ९६६२ नम्बरको अरणिको बसको ढोकाबाट खसेर बेतालीका ६५ बर्षका होमबहादुर घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बेताली बाहुनी मोडमा लौरो झिक्न बस चढेका घिमिरेको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगेपछी ढोकाबाट खसेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसको ढोकाबाट घिमिरे र बसका सहचालक सँगै खसेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो । बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक समान्य घाइते भएको प्रवक्ता अदालतले जानकारी दिनुभयो । रामेछापमा एक हप्ताअघि पनि बसको ढोकाबाट खसेर मन्थली स्थित लिपेखोलामा एक महिलाको मृत्यु भएको थियो ।
२०७६ बैशाख १९ गते साँझ ६ :५१ मा प्रकाशि

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology