मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु




समायोजन खबर संखुवासभा,
संखुवासभाकोस सभापोखरी ६ स्वाचीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति मोवाइल चार्ज गर्न खोज्दा स्वाचीका २४ वर्षका भुपाल बिक घाइते भएपछि उपचारका लागि खाँदबारी अस्पताल लिने क्रममा मृत्यु भएको हो । बिद्युत लाईनमा हाई भोल्टेज प्रभाह भएका कारण गाउँका अन्य ६ जना समेत सामान्य घाईते भएका छन् । घरघरमा करेन्टको त्रास बढेपछि संखुवासभाको सभापोखरी गाउँपालीका भित्र पर्ने ६ वटा वडा पूर्ण रुपमा अन्धकार बनेका छन् ।
यसैबीच तपाईंको स्वास्थ्य हाम्रो अठोट भन्ने नाराका साथ सरकारले घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम संखुवासभामा पनि लागु भएको छ । आज जिल्लाको सदरमुकाम खाँदबारीमा एक कार्यक्रम बीच स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत खाँदबारी १ का जेष्ठ नागरिक ९१ वर्षका काजिलाल श्रेष्ठ र खाँदबारी ५ का रेवत पोखरेललाई स्वास्थ्य बीमा कार्ड प्रदान गर्दै अभियान सुरु भएको घोषणा गरिएको छ ।
२०७६ बैशाख १९ गते साँझ ६ :४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology